आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,

सारांश

  • हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
  • महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

३ जेठ, काठमाडौँ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास