२६ जेष्ठ २०८२, आईतवार

भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु

 

१ जेठ, भारत । 

भारतको लखनऊको किसान पथमा सर्ट सर्किटका कारण यात्रु बाहक बसमा आगलागी भएको छ । बिहारको बेगुसरायबाट दिल्ली जाँदै गरेको एउटा निजी स्लीपर बस लखनऊ-रायबरेली रोड माथि आगलागी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागी पछि पनि बस लगभग एक किलोमिटरसम्म दौडिरहेको बताइएको छ । आगलागीमा पाँच यात्रु बसमै जलेको रिपोर्टमा उल्लेख छ । प्रहरी र सर्वसाधारणको सहयोगमा सिसा फुटाएर बसमा बसेका यात्रुहरूलाई बाहिर निकालिएको थियो ।

दमकलले करिब आधा घण्टामा आगो नियन्त्रणमा ल्याएको थियो । जब अग्निनियन्त्रकहरू बस भित्र गए, तिनीहरूले त्यहाँ पाँच जनाको शव भेट्टाएका थिए । आगोमा जलेका यात्रुहरूलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ । रिपोर्ट अनुसार बसमा करिब असी जना यात्रु थिए । मृत्यु हुनेमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटना विहिबार बिहान करिब पाँच बजे भएको बताइएको छ ।  प्राप्त जानकारी अनुसार, दमकल घटनास्थलमा पुगेर आधा घण्टा भित्र आगो नियन्त्रणमा लिएको थियो । प्रहरी अनुसन्धानबाट बसको आपतकालीन ढोका नखुलेको र पछाडि बसेका मानिसहरू बसभित्रै अड्किएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?