जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
५८ पटक हेरिएको
Shares
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण

सारांश

  • जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा सर्लाहिको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पररीयाका लक्षित किसानवर्गहरुलाई कृषि औजार वितरण गरिएको छ।
  • कृषि औजार सेटमा एउटा हसिया,कोदालो र खुर्पी गरि तिन प्रकारका औजार रहेको थियो जसलाई जम्मा दुईसय घरधुरीका किसानलाई वितरण गरिएको छ।
  • तराई मधेसका किसानको माझमा देखिएको समस्यालाई मध्येनजर गरि पररियाकै एक इन्जिनियर बिपिन कापरले सुरुवातमै पररियाका २०० किसानहरुलाई औजार वितरण गरेका छन्।

११ कार्तिक, सर्लाही। जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा सर्लाहिको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पररीयाका लक्षित किसानवर्गहरुलाई कृषि औजार वितरण गरिएको छ। कृषि औजार सेटमा एउटा हसिया,कोदालो र खुर्पी गरि तिन प्रकारका औजार रहेको थियो जसलाई जम्मा दुईसय घरधुरीका किसानलाई वितरण गरिएको छ। तराई मधेसका किसानको माझमा देखिएको समस्यालाई मध्येनजर गरि पररियाकै एक इन्जिनियर बिपिन कापरले सुरुवातमै पररियाका २०० किसानहरुलाई औजार वितरण गरेका छन्।

इन्जिनियर कापर अमेरिकामा समेत बिभिन्न संघ संस्थामा जुडि यस्ता समाजिक कार्यहरु गरिरहेका थिए।इन्जिनियर बिपिन भन्छन् “हाम्रो क्षेत्रमा सबैभन्दा बढी समस्या कृषिमा देखिएकोले किसानहरुलाई सहज होस् भनेर सुरुवातमा हामी कृषि औजार वितरण गरेका छौं पछि गएर किसानहरुलाई अन्य सेवा सुबिधा समेत उपलब्ध गराउने छौं भन्दै भ्रष्ट सरकारले गर्दा आज आमजनता हरुले बिभिन्न मार्का भोग्नु परेको छ त्यसैले असल जनप्रतिनिधि चुन्नुस समेत भनेका छन्”।यस् कृषि औजार वितरण कार्यक्रममा उपस्थित पररियाका वडाअध्यक्ष कृष्ण मोहन ठाकुर भन्छन् “आफ्नो गाउँ बस्तिका किसानका समस्याहरुलाई सम्बोधन गर्दै बिपिन जिले जुन कार्य गरेका छन्।

त्यो सराहनीय हुन् र हामी जनप्रतिनिधिले समेत किसान वर्गका लागी केहि गर्यौ भने हाम्रो उपलब्धि मुर्तरुप लिन्छ”त्यस्तै निज कार्यक्रममा उपस्थित जनमत पार्टीका जिल्ला अध्यक्ष जबाहर यादव भन्छन् “हाम्रो पार्टीको मुख्य एजेन्डा नै कृषिमा आधुनिकिकरण हो र हाम्रो पार्टीमा बिपिन जि जस्ता दक्ष र योग्य व्यक्ति हुनु आफैमा गर्वान्वित तुल्याउदछन् “।कार्यक्रममा सर्लाही जिल्ला अध्यक्ष जबाहर यादव,जिल्ला सचीव लक्की यादव,युवा नेता सुनिल झा,नरेन्द्र यादव लगायत किसान, बुद्धिजीवी,युवा र महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा किसानहरु जनमत पार्टी किसानवर्गमा यति सहयोग गरेकोमा कार्यकर्तालाई धन्यबाद दिदै खुशी हुदै औजार लिएर घर फर्केका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?