मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
३१ पटक हेरिएको
Shares
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग

सारांश

  • भारतीया अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।
  • रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग्दै ज्यान मर्ने धम्की आएको हो।
  • मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् ।

मुम्बई।
भारतीया अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग्दै ज्यान मर्ने धम्की आएको हो। मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् ।

‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए । मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए । यसअघि २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो । -एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन