सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

सारांश

  • सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् ।
  • नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको बताए ।
  • ‘तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ ।

 

२७ वैशाख, काठमाडौं ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको बताए ।

‘तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बद्नाम गर्ने काम भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ ।’ फरक प्रसंगमा मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेसले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । ‘जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषणमात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकासमात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु