२६ जेष्ठ २०८२, आईतवार

भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो

 

२६ वैशाख, काठमाडौं ।

पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो ।’

ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ । भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ ।‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ । यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन् । यद्यपि, कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिइनन्। तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन् । भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौं । जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment