नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
१० कार्तिक, सर्लाही। नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” द्वारा कृषि औजार वितरण गरिएको छ ।
Social Association Of Professional Nepal In America(SAPANA) संस्था द्वारा सर्लाहिको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पिररियाका किसानलाई कृषि औजार वितरण गरिएको छ। कृषि औजार सेटमा एउटा हसिया,कोदालो र खुर्पी गरि तिन प्रकारका औजार रहेको थियो जसलाई दुईसय घरधुरीका किसानलाई वितरण गरिएको छ। कृषि औजार वितरण कार्यक्रमलाई नेपालका किसानको माझमा ल्याउन पीडरियाकै एक इन्जिनियर बिपिन कापरको मुख्य भुमिका रहेको देखिन्छ जसले अमेरिकामा समेत बिभिन्न संघ संस्थामा जुडि यस्ता समाजिक कार्यहरु गरिरहेका थिए।
इन्जिनियर बिपिन भन्छन् “SAPANA”एउटा यस्तो संस्था हो जसले गरिबी निवारण जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। हाम्रो क्षेत्रमा सबैभन्दा बढी समस्या कृषिमा देखिएकोले किसानहरुलाई सहज होस् भनेर सुरुवातमा हामी कृषि औजार वितरण गरेका छौं पछि गएर किसानहरुलाई अन्य सेवा सुबिधा समेत उपलब्ध गराईने छ। भ्रष्ट सरकारले गर्दा आज आमजनता हरुले बिभिन्न मार्का भोग्नु परेको छ। त्यसैले असल जनप्रतिनिधि चुन्नुस समेत भनेका छन्”।यो कृषि औजार वितरण कार्यक्रममा पररियाका वडाअध्यक्ष कृष्ण मोहन ठाकुरको समेत उपस्थिति रहेको थियो।SAPANA का बोर्ड मेम्बरहरुमा डा.सुबोध मल्लिक, डा.राकेश मण्डल, डा.अर्चना, उशा, मुकेश हरु रहेका छन्। यसमा डाक्टरहरु बढी भएकोले यसलाई डाक्टरको संस्था समेत भनिएको छ। कार्यक्रममा किसान, बुद्धिजीवी,युवा र महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रमको अन्त्यमा किसानहरु खुशी हुदै औजार लिएर घर फर्केका थिए।