२६ जेष्ठ २०८२, आईतवार

सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी

 

२६ वैशाख, काठमाडौं । 

उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातीय छुवाछूत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाहीको मागसहित नवराज विकका बुबा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसीर १९ गते जातीय विभेदकै कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातीय अभियोग कसुरमा सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment