२६ जेष्ठ २०८२, आईतवार

संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक

 

२५ वैशाख, काठमाडौँ –

गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताए। उनले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रहबिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जिकिर गरे। राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधानविरोधी भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?