सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
५० पटक हेरिएको
Shares
उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा

सारांश

  •   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् ।
  • सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।
  • रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।

४ साउन, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् । सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् । रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’

उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएको बेला नै हस्ताक्षर जुटाइदिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।

उपसभामुख रानामगर हाल अमेरिकामा छन् । शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको बताए । ‘भैरहवामा पार्टीको काममा व्यस्त छु । मेरो चाहिँ हस्ताक्षर पनि छैन । काठमाडौँ फर्किसकेपछि यो बेठीक भएको छ भनेर छलफलमा पनि राख्नेछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार