भारत–पाकिस्तानबीचको लडाइँमा नेपाली गोर्खा सैनिकको प्रयोग नगर्न सांसद तामाङको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
भारत–पाकिस्तानबीचको लडाइँमा नेपाली गोर्खा सैनिकको प्रयोग नगर्न सांसद तामाङको माग

सारांश

  • बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन्।
  • तामाङले भनिन्, ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।
  • ’ दुई देशबीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन्।

 

२५ वैशाखः काठमाडौँ,  

नेपाल र भारतबीच तनाव बढ्दै गइरहेकाले दुई देशबीच हुने लडाइँमा नेपाली गोर्खा सैनिकलाई पहिलो प्रयोग नगर्न सांसाद मिना तामाङले माग गरेकी छिन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन्।

तामाङले भनिन्, ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’ दुई देशबीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन्। ‘पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ,’ सांसद तामाङको भनाइ छ, ‘जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरुको संरक्षण एवं उद्धारबारे छलफल होस्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?