वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प

सारांश

  • पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् ।
  • वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई कुटपिट गरेका हुन्।
  • महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् ।

२४ वैशाख, पोखरा ।

पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई कुटपिट गरेका हुन्। महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् । पोखरेलमाथि कुटपिट भएको विरोधमा महानगरका कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरूले महानगरको काम ठप्प पारेका हुन् । महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए।प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्दा साथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थ समेत सेवन गरेको पोख्रेलको दाबी छ । उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रूपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेको हुन् । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् । स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री