छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते

सारांश

  •   धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
  •  वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जाँदै गरेको को.
  • १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरू घाईते भएका थिए ।

२३ वैशाख, विराटनगर  । 

धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जाँदै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरू घाईते भएका थिए ।

घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो । बसमा सवार रहेका अन्य ११ जना यात्रीहरूको धरान घोपामा उपचार भइरहेको छ ।

सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आँउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियार र सुनसरी इटहरी-२० का २३ वर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाईते भएकी परियारको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० वर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ वर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खैरो हेरोइनसहित ५ जना पक्राउ
खैरो हेरोइनसहित ५ जना पक्राउ
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी