स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
३९ पटक हेरिएको
Shares
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक

सारांश

  •   गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
  • आइतबार बिहान काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए।
  • “आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो ।

२१ वैशाख, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। आइतबार बिहान काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए।

“आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु” गृहमन्त्री लेखकले भने,“ यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु । यो आजको भोलि नै हुने कुरा होइन पाँच/दश वर्ष कुर्नु पर्ने हुनसक्छ ।” उनले स्टाफ कलेज कोर्सले प्रहरीमा व्यवसायिकता, प्रतिवद्ध, पेशाप्रति इमान्दार र कामप्रति सर्मपित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुनेमा आफूले विश्वास लिएको बताए। नेपाल प्रहरी पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका थिए ।

प्रहरी सेवालाई आधुनिकीकरण गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, र हाम्रा अधिकृतहरूलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउने एक रणनीतिक कदम पनि हो । नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् । गृहमन्त्री लेखकले स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
एमालेको सचिवाल बैठक बिहीबार
एमालेको सचिवाल बैठक बिहीबार
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन