Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हाम्रो पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
५३ पटक हेरिएको
Shares
हाम्रो पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको जिकिर गरेका हुन् ।
  • गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी उनले गरे ।

 

२० वैशाख, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको जिकिर गरेका हुन् । गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी उनले गरे ।

‘अझै म भन्छुः हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन् । एनजीओ, आइएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन,’ अध्यक्ष नेपालले भने । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनको भनाइ थियो । पार्टीका कार्यक्रमहरूमा हरेक ठाउँमा हजारौंको संख्यामा जुलुस देखिएको उनको भनाइ थियो ।

‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ,’ उनले भने, ‘अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ ।’ उनले पार्टीलाई बलियो बनाउने काममा जुट्नका लागि नेता कार्यकर्तालाई निदेर्शन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान