दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु

सारांश

  • म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा ६ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
  • दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो।
  • कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए।

१९ वैशाख, म्याग्दी ।

म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा ६ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो। कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए। कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्चि सडकको ट्र्याक निर्माण भइसकेको छ।

तीन वटा डोजर परिचालन गरिएको छ। सोलवाङमा निर्माण हुने विद्युतगृहसम्म पानी लैजान तीन किलोमिटर एकसय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए। पाँचसय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत सात किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइनेछ। सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, विद्युत खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो। विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ। रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यो आयोजना निर्माणमा करिब एक अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै