संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सारांश

  • आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ ।
  • संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।
  • सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

१९ वैशाख, काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ । संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । त्यसअघि सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन् ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ । संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
तोलामा ६ सयले घट्यो सुनको मुल्य
तोलामा ६ सयले घट्यो सुनको मुल्य
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल