Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने

सारांश

  • राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन आगामी माघमा हुने भएको छ ।
  • २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ ।
  • १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।

 

१८ वैशाख, काठमाडौं ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन आगामी माघमा हुने भएको छ । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ५ मा निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (१) मा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्ने हुन्छ । दफा ५ को उपदफा (१क) मा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैंतिस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ ।’

संविधानको धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिसम्बन्धी व्यवस्था छ । राष्ट्रिय सभा एक स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । प्रत्येक दुई/दुई वर्षमा निर्वाचन भएर एक तिहाइ सदस्य नयाँ आउँछन् भने एक तिहाइ सदस्य कार्यकाल सकिएर बिदा हुन्छन् । यसरी राष्ट्रिय सभालाई स्थायी सदनको व्यवस्थित गरिएको छ ।यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुन लागेका हुन् । जसमा एक जना मनोनीत रहेकाले बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’