शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत
सारांश
- सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
- मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ ।

१७ वैशाख, काठमाडौं ।
सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए । मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।वार्ता सकारात्मक भएको छ,’ उनले भने । मन्त्रालयमा २ बजेदेखि वार्ता जारी छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया