नक्कली नोटसहित एक भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
नक्कली नोटसहित एक भारतीय पक्राउ

सारांश

  •    विराटनगरबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • मोरङको विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोटसहित एक जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
  •   पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

 

१७ वैशाख, विराटनगर।  

विराटनगरबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोटसहित एक जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मंगलबार साँझ विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले प्रहरीलाई खवर गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सयसहित नियन्त्रणमा लिएको छ। नक्कली नोटसहित पक्राउ परेकी उनको बारेमा आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?