नक्कली नोटसहित एक भारतीय पक्राउ
१७ वैशाख, विराटनगर।
विराटनगरबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोटसहित एक जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मंगलबार साँझ विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले प्रहरीलाई खवर गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment