महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
१६ वैशाख, महोत्तरी ।
महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।
पोखरीमा डुबेर मनरा शिसवा नगरपालिका-१ का विकेश सिंहका छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो । डुबेर अशक्त भएका दुवै बालकको गएराति उपचारका क्रममा नगर अस्पताल मनरामा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment