संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
१६ वैशाख, काठमाडौं-
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन बुझाएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई आव २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।
समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदनमा नेपाल सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा छलफल र सो सुझावहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment