राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
१५ वैशाख, काठमाडौं ।
राप्रपा नेपालका नेता–कार्यकर्ताले सोमबार (वैशाख १५) काठमाडौंमा प्रदर्शन गरेका छन् । राप्रपा नेपालले आयोजना गरेको प्रदर्शनमा राजसंस्था समर्थक अरू केही पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भए ।
प्रदर्शनमा सहभागीले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए । काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो । गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा पक्राउ गरिएका नेता–कार्यकर्तालाई रिहा गर्नुपर्ने उनीहरूको माग छ । ‘आस्थाका बन्दी रिहाइका निम्ति दबाब सिर्जना गर्न’ भन्दै प्रदर्शन गरिएको राप्रपा नेपालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment