शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै

सारांश

  • प्रतिनिधि सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्दैछ ।
  • बिहान ११ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ ।
  • पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

१५ वैशाख, काठमाडौं ।

प्रतिनिधि सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ । पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्नेछन् । त्यसको जवाफ शिक्षामन्त्री पन्तले दिनेछन् । त्यसपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक हो । २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले २९ माघ २०८० मा पारित गरेर प्रतिनियधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि आज पास गर्ने कार्यसूची छ । प्रतिनिधि सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभा अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार