नेपाली सेनाले गर्यो फूलपाती बढाइँ
नेपाली सेनाले गर्यो फूलपाती बढाइँ
काठमाडौँ — नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले शनिबार फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।
फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । फूलपाती बढाइँका अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि प्रदर्शन गरिएको थियो ।