Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बढ्यो नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
४८ पटक हेरिएको
Shares
बढ्यो  नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,

सारांश

  • साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ ।
  • अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ ।
  • अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो ।

 

१४ वैशाख, काठमाडौं ।

साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ । नेप्से परिसूचक ३.५८ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ ।

कारोबारकै क्रममा १२ : २५ बजे २६८४ अंकसम्म पुगेको थियो ।  आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स ।बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।

नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।भूगोल इनर्जीको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानिमा माइ हाइड्रोपावरको ७.१९, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति