बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
६३ पटक हेरिएको
Shares
बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ ।
  • लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्त्व बढ्दै गएको जानकारी दिनुभयो ।
  • साथै उहाँले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बला आएको बताउनुभयो ।

१३   वैशाख , रूपन्देही ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका

विचारहरूको महत्त्व बढ्दै गएको जानकारी दिनुभयो । साथै उहाँले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बला आएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्काे तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार
उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै