१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
१२ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् । सरकार परिवर्तन हुने हल्लाका बीच प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै भएको बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment