२६ भाद्र २०८२, बिहीबार

एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल

 

११ वैशाख, काठमाडौँ :

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले एमालेमाथि चौतर्फी आक्रमण भएको बताउँदै यसले आफूहरू विचलित नहुने बताएकी छिन्। बिहीवार काठमाडौँमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएकी छन्।

यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताइन्। उनले देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवसायमा छ‚ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताइन्। उनले सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिइन्। उनले कुनै पनि काम गर्दा आइपर्ने समस्यालाई हार नखाई निरन्तर अगाडि बढ्दा सफल भइने बताइन्। \

उनले नेकपा एमाले असल पार्टी भएकाले युवा पुस्तालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचारप्रसार गर्न सिकाइरहेको बताइन्। युवा शक्तिमा देशका लागि सकारात्मक काम गर्ने हुटहुटी हुनुपर्ने उनको भनाइ छ।  डंगोलले भनिन्, ‘अहिले हामीलाई चौतर्फी आक्रमण भएको सबैले महसुस गर्न सक्छौँ तर जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौँ। सोसल मिडियामा भाइरल बनेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामको प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment