भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो
११ वैशाख, काठमाडौं ।
भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ । सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो । सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment