प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द

सारांश

  • टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो।
  • उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो।
  • उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।

 

११ वैशाखः  काठमाडौँ,  

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्तिम समयमा आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो।उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो। उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।

प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहँदा एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना पाएका थिए। उनको विदेश भ्रमणकै कारण यता महत्त्वपूर्ण मुद्दाहरूको सुनुवाइ पर धकेलिएको छ। लगातार सुनुवाइमा राखिएको ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादको पेसी पनि प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण वैशाख २८ गतेका लागि संवैधानिक इजलासले नै हिजो पेसी तोकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?