म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली

सारांश

  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका हुन् ।
  • ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ ।

 

९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका हुन् ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ उनले भने । प्रधानमन्त्री ओलीले एमालेविनाको देश पनि कल्पना गर्न नहुने बताएका छन् । ‘कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भने, ‘एमालेविनाको नेपाल हेरौंला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौं ।’

अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने दावी पनि गरे । प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरूले कम्युुनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्र गरिरहेको भन्दै उनले दुुईतिहाइको अवस्थामा पुुगेको पार्टीलाई विभाजन गराए पनि आफूूहरुले आन्दोलनलाई पुुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको चर्चा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
आजबाट प्रेस चौतारीको महाधिवेशन
आजबाट प्रेस चौतारीको महाधिवेशन
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी