Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य

सारांश

  • एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ ।
  • यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा.
  • अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् ।

 

९ वैशाख, काठमाडौं ।

एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् । डा. शाक्य चाहिँ के भन्छिन् ? हामीले यो जिज्ञासा शाक्यलाई राखेका थियौं । उनले तत्काल मन्त्री नबन्ने बताइन् ।

डा. शाक्यले   भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन ।’ कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको समाचार लेखेका छन् । शाक्यले भने त्यसलाई ‘भ्रामक र कपोलकल्पित’ भनेर टिप्पणी गरिन् । उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् ।

अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने हो,  राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउने हो’, उनले भनिन्, ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु ।’ उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् । ‘गलत स्वार्थसहित फैलाइएको भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा ओली
जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा ओली
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान