राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै

सारांश

  • गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ।
  • सुनुवाइका लागि न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ।
  • आइतबार पनि उक्त रिट पेशीमा चढेको थियो।

८ वैशाख, काठमाडौं :

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ। आइतबार पनि उक्त रिट पेशीमा चढेको थियो। तर,सो दिन ‘हेर्न नभ्याइने सूची’मा राखिएको थियो।

अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर नियुक्तिका लागि भट्टको योग्यता नपुगेको दावी गर्दै गत शुक्रबार रिट दायर गरेका थिए। भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको तर स्वीकृत भइनसकेको जनाइएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा.भट्टलाई कानुनको विधि मिचेर नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको रिट निवेदनमा दावी गरिएको छ। यसअघि वैशाख २ गते उप्रेती र थापाले दायर  गरेको अर्को रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई मात्रै नियुक्ति प्रक्रियामा सहभागी नगराउन सरकारलाई अन्तरिम आदेश दिएको थियो।

गत चैत्रमा अर्थ मन्त्रालयले अर्थ अम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो। उक्त निर्णयविरुद्ध अधिवक्ता द्वय थापा र उप्रेतीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो