प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
६ वैशाख, काठमाडौं ।
शिक्षकहरूले (आज) शनिबार पनि आन्दोलन जारी राखेका छन् । विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । यद्यपि उनीहरू तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment