खाने तेलको ग्यालेनभित्र चरेश बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
खाने तेलको ग्यालेनभित्र चरेश बरामद

सारांश

  • पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।
  •   सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको हो ।
  • खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा फेला परेको  सशस्त्र प्रहरी बल नेपाल नं.

४ वैशाख, रौतहट ।

पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको हो । खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा फेला परेको  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेश बरामद भएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राती करिब ११ बजे लागूऔषध चरेश बरामद गरेको र बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण
सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक