राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् ।
  • बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
  •   ‘हामी ११ गते राजाले अधिकार खोसेको थियो ।

४ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।  ‘हामी ११ गते राजाले अधिकार खोसेको थियो । जनतालाई फेरि रैती बनाएको थियो । हिजो/अस्ति ०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस दिन हामीले महोत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’

साथै, उनले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गरे । ‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ ।’ संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उनले पारे । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ थियो ।

‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौं,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब प्रदेशमै लाइसेन्स छापिने
अब प्रदेशमै लाइसेन्स छापिने
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै
एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र