राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३० पटक हेरिएको
Shares
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा

सारांश

  • बैंकले थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो ।
  • साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।
  • नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ ।

 

२ वैशाख, काठमाडौं

नेपाल राष्ट्र बैंकले वैशाख २ गते आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?