राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
२ वैशाख, काठमाडौं—
नेपाल राष्ट्र बैंकले वैशाख २ गते आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment