सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४२ पटक हेरिएको
Shares
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

सारांश

  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
  • प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागुऔषध खैरो हेरोइन १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ५० वर्षीया लक्ष्मी कँडेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

३० चैत, काठमाडौं ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागुऔषध खैरो हेरोइन १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ५० वर्षीया लक्ष्मी कँडेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका १ गोस लाइन बस्ने ५१ वर्षीय कुमार लिम्बूलाई ब्राउनसुगर १ ग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङको रतुवामाई नगरपालिका १ कुटुमगञ्जबाट ब्राउनसुगर ३ ग्राम ८ सय ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका ३ बस्ने ३५ वर्षीय किरण राई र ३५ वर्षीय काजीमान लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १५ प १९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर कोलकाटे टोलबाट ब्राउनसुगर ४ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ६ गोठलीगाउँ बस्ने ३२ वर्षीय श्रीधर डाँगी र सोही उपमहानगरपालिका ६ गाइडर बस्ने ४० वर्षीय लुपेन्द्र पोख्रेल रहेका छन् । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले रा ७ प ३०६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै झापाको बिर्तामोड नगरपालिका ५ सिटी सेन्टरस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ५ किलो ५ सय ३४ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेङ्लोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र भारत नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र३–००१ ख २८२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका ११ बसपार्क नजिकबाट ब्राउनसुगर करिब १ ग्राम ३ सय २० मिलिग्रामसहित बिर्तामोड नगरपालिका ६ स्यालडाँगी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका ४ घर भएका २१ वर्षीय युगल दर्जी सिवालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका ६ ट्राफिक चोकबाट  ब्राउनसुगर करिब १ ग्राम ६ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका ११ बस्ने ४४ वर्षीय केशर बहादुर दर्जीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी पोस्ट ट्राफिक चोकबाट खटिएको प्रहरीले लु ७३ प ६४५४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर