पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

सारांश

  • आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो ।
  • पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेट्नुभएको छ ।
  • नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तमा समेटिएको छ ।

 

 ३० चैतः काठमाडौँ :

पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो । पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेट्नुभएको छ ।

नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तमा समेटिएको छ । पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तकका माध्यमबाट राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएका बताउनुभयो । कवि प्रह्लाद पोखरेले पुस्तक नयाँपुराना दुवै पुस्ताले पढ्नुपर्ने बताउनुभयो भने काठमाडौं महानगरपालिका– १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गर्नुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?