देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
८० पटक हेरिएको
Shares
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन् ।
  • वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए ।

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए । ‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले अघि भने, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’

उनले कांग्रेस-एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए । ‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ‘ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’ उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने