Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?

सारांश

  •   अहिले (शुक्रबार साँझ) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।
  •   मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका सातै प्रदेशमा वर्षा हुने सम्भावना छ।
  •   महाशाखाको प्रक्षेपणअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

 

२९ चैत, काठमाडौं । 

अहिले (शुक्रबार साँझ) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका सातै प्रदेशमा वर्षा हुने सम्भावना छ।  महाशाखाको प्रक्षेपणअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति मधेस प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  महाशाखाका अनुसार राति बागमती प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।यसैगरी आज राति गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  महाशाखाले दिएको जानकारी अनुसार राति लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी राति सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।   यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल