चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को बाँकी सिजनमा चेन्नई सुपर किङ्सको कप्तानी महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।कप्तान ऋतुराज गायकवाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि धोनीले चेन्नईको कप्तानी गर्ने भएका हुन् ।
गायकवाडले ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा कुहिनोमा चोट बोकेका थिए । चेन्नईले अब धोनीको कप्तानीमा पुनः लयमा फर्कने प्रयास गर्नेछ, उनको कप्तानीमा चेन्नईले पाँचपटक आइपिएल उपाधि जितेको छ । अहिले चेन्नई अंक तालिकामा नवौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment