आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

सारांश

  •   हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ ।
  •  जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

२० वैशाख, काठमाडौं । 

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
आज जेठ ४ गते बिहिबार, यस्तो छ आजको राशिफल
आज जेठ ४ गते बिहिबार, यस्तो छ आजको राशिफल
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने