१० श्रावण २०८२, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा

 

२८ चैत, काठमाडौं 

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सहायक तह ५ (प्राविधिक) मा कार्यरत कर्मचारी प्रेम बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार रावलले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.) बाट हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुटो प्रमाणपत्र प्रस्तुत गरेका थिए । सोही नक्कली प्रमाणपत्रका आधारमा उनले कम्पनीमा स्टोर सहायक तह ४ मा नियुक्ति लिई पछि बढुवा भई प्रमुख स्टोर सहायक तह ५ पदको सुविधा प्राप्त गरेका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन विपरीत देखिएकोले रावलविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कैद र जरिवानाको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?