महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
  • बिहीबार शुभकामना सन्देश दिँदै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे ।
  • सन्देशमा लेखिएको छ,‘ महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु ।

२८ चैत, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश दिँदै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे ।

सन्देशमा लेखिएको छ,‘ महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु ।’ महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेको भन्दै उनले नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको बताए । राष्ट्रपति पौडलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेइजिङ पुगे प्रधानमन्त्री ओली,
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न