Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा

सारांश

  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ ।
  • अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो ।
  • समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ ।

 

 २७ चैत, सुर्खेत  । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो । समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो ।

सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ । यसबारे अख्तियार सुर्खेतले भने गोप्य अप्रेसन भएको भन्दै थप जानकारी दिएको छैन । ‘यो गोप्य अप्रेसन हो । यसबारे म तपाईंलाई कुनै पनि जानकारी दिन सक्दिन’, कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले  भने । हाल अनुसन्धान प्रक्रिया जारी रहेको र थप अनुसन्धानपछि कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?