१२ श्रावण २०८२, आईतवार

बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा

 

२७ चैत, भक्तपुर । 

जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने भएको हो । नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय बिदा दिने गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रबक्ता कृष्णहरी आचार्यले एक सूचना जारी गरी  यो जानकारी दिएका छन् ।  आचार्यका अनुसार, २०८१ साल चैत्र २१  गते नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ३५ औं बैठकले बिदा दिने निर्णय गरेको हो । बैठकले नगरपालिकामा भव्य र सभ्य रुपमा मनाइने बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोउल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरेको सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?