नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
२७ चैत, काठमाडौं–
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो । आज दिउँसो ३ बजेसम्म उक्त बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने उक्त बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ । उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक मात्रै सहभागी हुन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment