Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
६३ पटक हेरिएको
Shares
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित

सारांश

  • दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् ।
  • बैठक अवधिमा सरकारले कानून निर्माणलाई जोड दिएको थियो ।
  • जनताका आवश्यकतासँग जोडिएका कानून निर्माणमा जोड दिएको प्रदेश सरकारले जनाएको छ ।

 

हुम्ला- केही दिन अगाडी सम्पन्न भएको कर्णाली प्रदेशसभाले सात वटा कानून निर्माण गरेको छ । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् । बैठक अवधिमा सरकारले कानून निर्माणलाई जोड दिएको थियो । जनताका आवश्यकतासँग जोडिएका कानून निर्माणमा जोड दिएको प्रदेश सरकारले जनाएको छ ।

संवैधानिक रूपमा प्रदेशसभालाई सरकारले काम दिनु पर्ने र आवश्यकता अनुसारका कानून निर्माणका लागि विधेयक तयार पार्ने र सभामा पेस गर्ने जिम्मेवारी सरकारको हुन्छ । सभाको अधिवेशन बोलाउने र अन्त्य गर्ने सिफारिससमेत सरकारले नै गर्दछ । धेरै कानून बनाउनुभन्दा पनि आवश्यक र कार्यान्वयन गर्न सकिने कानून निर्माणमा जोड दिने कार्य भएको प्रदेश सरकारकी खानेपानी तथा जलश्रोत मन्त्री बिजय बुढाले बताइन् । दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य हुनअघि यो अधिवेशनबाट सात वटा विधेयक पारित भएका थिए ।

जसमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ–बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

दोस्रो कार्यकालको हालसम्ममा १४ वटा विधेयक पारित भएका छन् । जसमा पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनमा गरेर जम्मा सात वटा विधेयक पारित भएका थिए । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनसम्म प्रदेश सभा सचिवालयमा १८ वटा विधेयक दर्ता भएका थिए । १४ वटा विधेयक पारित भए भने नौ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । अब पाँच वटा विधेयक प्रमाणीकरण हुने चरणमा रहेका छन् । दुई कार्यकालमा गरी हालसम्म ६७ वटा कानून निर्माण भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
बागमतीले ल्यायो ६४ अर्बको बजेट (पूर्णपाठ)
बागमतीले ल्यायो ६४ अर्बको बजेट (पूर्णपाठ)
झापा–५ मा भारी मतले बालेन अगाडि
झापा–५ मा भारी मतले बालेन अगाडि